images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बजारमा सुकेको प्याजको भाउ घट्यो, कति...

बजारमा सुकेको प्याजको भाउ घट्यो, कति पर्छ किलोको?

बजारमा सुकेको प्याजको भाउ घट्यो, कति पर्छ किलोको?

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा प्याजको भाउ प्रतिथोक मूल्य ६५ देखि ७० रूपैयाँ छ। 

    images
    images

    १५ दिन अघि बजारमा प्याज प्रतिकिलो ७८ देखि ८० रूपैयाँले कारोबार भइरहेको थियो। बजारमा प्याजको भाउ घटबढ भइरहेको छ। अहिले नेपाली प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ। 

    एक महिना अघिसम्म प्याज सस्तो थियो। त्यतिखेर बजारमा प्रतिथोक मूल्य ५५ देखि ६० रूपैयाँमा कारोबार भइरहेको थियो।भारतीय बजारमा प्याजको मूल्य बढेका कारण नेपाली बजारमा पनि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ। अहिले थोक मूल्य घटेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि घटेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend