images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भारतको हिमपहिरो स्थलमा उद्धार कार्य तेस्रो...

भारतको हिमपहिरो स्थलमा उद्धार कार्य तेस्रो दिनमा प्रवेश

भारतको हिमपहिरो स्थलमा उद्धार कार्य तेस्रो दिनमा प्रवेश

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • देहरादुन (भारत)। भारतीय उद्धारकर्ताहरू आइतबार शून्यभन्दा तल तापक्रममा हिमपहिरोद्वारा पुरिएका मानिएका चार हराइरहेका कामदारलाई खन्न हतारिएका छन् । त्यहाँ हिमपातले अझै बढी हिउँ खस्ने जोखिम बढाइरहेको छ ।अधिकारीहरूका अनुसार शुक्रबार उत्तराखण्ड राज्यको तिब्बतसँगको सीमा नजिकै एक निर्माण शिविरमा हिमपहिरो गएपछि ५० भन्दा बढी कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए ।

    images
    images

    राहत टोली ५० कामदारलाई उद्धार गर्न सफल भएको छ तर तिनीहरू मध्ये चार जनाको पछि चोटका कारण मृत्यु भएको छ ।राज्य अधिकारीहरूले शनिबार रातिदेखि हिमपहिरोपछि हराइरहेका मानिसहरूको सङ्ख्या पाँचबाट घटाएर चार गरेका छन् । पहिले पुरिएको विश्वास गरिएका एक कामदार सुरक्षित रूपमा घर फर्किएको पाइएको छ ।

    उक्त व्यक्ति शुक्रबारको हिमपहिरोमा पुरिएका थिए कि थिएनन् भनेर अधिकारीहरूले विवरण प्रदान गरेनन् वा भनेनन् ।राज्य प्रकोप राहत टोलीले हिमपहिरोको समयमा कामदारहरू बसिरहेका सबै स्टिल कन्टेनरहरू फेला परेको तर त्यहाँभित्र कोही पनि नभएको बताएको छ ।

    images
    images

    उद्धारकर्ताहरूले आफ्नो प्रयासमा सैनिक हेलिकप्टर, ड्रोन र खोज कुकुरहरू प्रयोग गरेका छन् र सैनिकहरूले हराइरहेका मानिएका चार कामदार पत्ता लगाउन भूमि प्रवेश गर्ने राडार प्रयोग गर्ने तयारी गरिरहेका छन् ।राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले निरन्तर हिमपातका कारण उच्च जोखिम क्षेत्रहरूबाट अन्य कामदारलाई सुरक्षित स्थानमा सार्न अधिकारीहरूलाई निर्देशन दिनुभएको टाइम्स अफ इन्डिया अखबारले आइतबार बताएको छ ।

    हिमपहिरो गएको क्षेत्रमा तीन हजार दुई सय मिटरभन्दा बढी उचाइमा न्यूनतम तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म पुगेको थियो ।हिमालयको माथिल्लो भागमा विशेष गरी हिउँदको मौसममा हिमपहिरो र पहिरो सामान्य हुन् ।वैज्ञानिकहरूले जलवायु परिवर्तनले मौसमका घटनाहरूलाई अझ गम्भीर बनाइरहेको बताएका छन् भने नाजुक हिमाली क्षेत्रहरूमा विकासको बढ्दो गतिले पनि वनविनाश र निर्माणको परिणामको बारेमा चिन्ताहरू बढाएको छ ।

    सन् २०२१ मा उत्तराखण्डमा एउटा ठूलो हिमनदीको भाग नदीमा खसेपछि आएको बाढीका कारण लगभग एक सय जनाको मृत्यु भएको थियो ।साथै सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोमा छ हजार मानिसको मृत्यु भएको थियो र यसले राज्यमा विकास परियोजनाहरूको समीक्षा गर्न आह्वान गराएको थियो । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend