images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • एनसेलको ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, के...

एनसेलको ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, के -के छन् सुविधा ?

एनसेलको ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, के -के छन् सुविधा ?

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् ।‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्छन् ।

    images
    images

    यो अफर बिहीबार (फागुन १५) देखि लागू भएको छ । अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैं अन रिन्यूअल प्याक हालैमात्र संचालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो । यो बोनस अफर एष्ट्रिक्स१२३ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूको लागि मात्र मान्य हुनेछ ।

    ‘म्याजिक रिसोर्सेज’ बोनस अफर अन्तर्गत, सधैं अन रिन्यूअल प्याक, होम एण्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्छन् ।उदाहरणका लागि, रु. ७९९ को होम एन्ड अवे रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने २८ दिनको समयावधि भएको मुख्य सेवा ६५ जीबी डेटा बाहेक ८ जीबी डेटा वा २०० मिनेट अन–नेट टक टाइम वा २०० अन–नेट एसएमएस बोनस रूपमा प्राप्त गर्दछन् ।

    images
    images

    यस अफरअन्तर्गत समावेश सधैं अन रिन्यूअल प्याकहरूमा प्याक अनुसार ग्राहकहरूले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन–नेट टक टाइम, वा १० देखि २०० अन–नेट एसएमएस बोनसका रूपमा पाउँछन् ।त्यसैगरी सात दिन समयसीमा रहेको रु. २०० को कम्बो प्याकमा, ग्राहकहरूले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनस वापत २ जीबी डेटा वा ५० मिनेट अन–नेट टक टाइम, वा १० अन–नेट एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, रु. ४९९ को अनलिमिटेड भ्वाइस रिन्यूअल प्याकमा, ग्राहकहरूले ५ जीबी डेटा वा १०० मिनेट अल नेट टक टाइम, वा १०० अन–नेट एसएमएस बोनस प्राप्त गर्न सक्छन् ।बोनस स्वरुप पाइने यी सेवा, सुविधाहरुले ग्राहकको अनुभव वृद्धि गर्नुका साथै हरेक सेवा खरिदमा ग्राहकहरुलाई थप लाभ मिल्ने एनसेलले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend