images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रिसेसनमै बजारमा उत्साह, १४.०८...

प्रिसेसनमै बजारमा उत्साह, १४.०८ अंकले बढ्यो सेयर बजार

प्रिसेसनमै बजारमा उत्साह, १४.०८ अंकले बढ्यो सेयर बजार

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमै  सेयर बजार दोहोरो अंकले बढेको  छ । आइतबार १४.०८ अंकले बढ्दै सेयर बजार २८२९.१२ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    यो सेसनमा सूचकसँगै कारोबार रकम पनि उत्साहपूर्ण रह्यो । १ लाख ३० हजार ८ सय कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ करोड ५४ लाख ४९ हजार रुपैयाँको भयो ।

    विशेषगरी यो सेसनमा बैंकिङ समूह उच्च अंकले बढेको छ । कारोबारमा आएका अधिंकाश कम्पनीमा बैंकिङ र हाइड्रो परेका छन् ।यो सेसनमा कारोबारमा आएका ५५ कम्पनीको मूल्य बढ्दा २४ को मूल्य घटेको छ भने ५ को मूल्य स्थिर रहेको छ ।

    images
    images

    यसअघि गत साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार ४९.१५ अंकले बढ्दै २८१५.०४ को बिन्दुमा उक्लिएको थियो । उक्त दिन कारोबार रकम पनि ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँ माथि भएको थियो ।आइतबारको प्रिसेसनको कारोबारले बजार थप उत्साहपूर्णरुपले बढ्ने संकेत गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend