images

२०८३ आश्विन २९ गते

images
images
images

वित्तीय प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

वित्तीय प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट थप २५ अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रीय बैंकले २१ दिन अवधिको लागि निक्षेप संकलन उपकरणको बोलकबोल हुने गर्न लागेको हो । 

    images
    images

    गत माघ २७ गते वित्तीय प्रणालीबाट खिचेको ११ अर्ब ३० अर्ब रुपैयाँ आजै परिपक्क हुने भएपछि २५ अर्ब खिच्न लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल आएको खण्डमा ब्याजदर धेरै घटबढ हुन नदिन निक्षेप संकलन गर्छ । केन्द्रीय बैंकले निक्षेप संकलनमा बोलकबोल मार्फत ब्याजदर निर्धारण गरी अन्तर बैंक दरलाई व्यवस्थापन गर्ने गर्छ । 

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । साँवा र ब्याज भुक्तानी मिति चैत १० गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    images
    images

    पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले अधिक तरलता रकमा निक्षेप संकलन उपकरणमा भन्दा पनि स्थायी निक्षेप सुविधामा बढी लगानी गर्न थालेका छन । बैंक तथा वित्तीय संस्थाले घट्दो ब्याजदरका कारण कर्जाको माग बढ्न सक्ने सम्भावना देखेसँगै धेरै निक्षेप संकलनमा भन्दा एसडीएफमा तरलता व्यवस्थापन गर्न थालेका छन । 

    केन्द्रीय बैंकले गत मंगलबार मात्रै २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन आह्वान गरेको थियो । त्यसमा बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत भन्दा धेरै ब्याजदर माग गरेपछि ९ अर्ब ८० करोड रुपैयाँ बराबरको मात्र निक्षेप लिएको हो । केन्द्रीय बैंकले ब्याजदर धेरै भएपछि माग गरेअनुसारको निक्षेप नलिएको हो । बैंकहरुले निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेको १ खर्ब २९ अर्ब ५५ करोड परिपक्क हुन बाँकी छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend