images

२०८३ आश्विन २९ गते

images
images
images
  • बैंक वित्त
  • सहकारीको समस्या छिचल्न गतिविधि राम्रो बनाउनुपर्छः...

सहकारीको समस्या छिचल्न गतिविधि राम्रो बनाउनुपर्छः उपप्रधानमन्त्री सिंह

सहकारीको समस्या छिचल्न गतिविधि राम्रो बनाउनुपर्छः उपप्रधानमन्त्री सिंह

images
images
शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • काठमाडौँः उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले सहकारीप्रति नकारात्मक धारणा रहेको भन्दै आफ्नो गतिविधिबाट सहकारीहरुले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताएका छन्।

    images
    images

    शनिबार काठमाडौंमा आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले तीन खम्बे अर्थनीति अन्तर्गत रहेको सहकारीप्रति नागरिकमा नजकारात्मक भाव रहेको भन्दै यस्तो बताएका हुन्।

    उनले सहकारीको सिद्धान्त र मर्मविपरित जाँदा सहकारीमा समस्या देखिएको पनि बताए।

    images
    images

    ‘यस्तो संकटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएको हुनाले पनि जुन तपाईहरुको सहकारी छ यसले अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु,’ सिंहले भने, ‘सहकारीको सिद्धान्त र मर्मविपरित गएको कारणले गर्दा धेरैले जीवनमै डिस्टर्भेन्स हुनेगरी, आफैलाई दबाब हुने अवस्था भोगिरहनु परेको छ।’

    त्यस्तै, फरक सन्दर्भमा उनले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनका लागि वर्तमान सरकार बनेको बताए।

    राजनीतिक स्थिरताको लागि वर्तमान सरकार बनेको भन्दै भएका कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको बताए।

    ‘जनताले सरकारको आयुको  ठेगान त छैन, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको हो। कमिकमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्ने तर्फ सरकार रहेको छ,’ उपप्रधानमन्त्री सिंहले भने।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend