images

२०८३ आश्विन १५ गते

images
images
images

भरतपुर अस्पतालमा ६ महिनामा २ लाख बढीले लिए ओपिडी सेवा

भरतपुर अस्पतालमा ६ महिनामा २ लाख बढीले लिए ओपिडी सेवा

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालमा गत ६ महिनामा २ लाख बढी बिरामीले ओपिडी सेवा लिएका छन्। 

    images
    images

    यस वर्षको साउनदेखि पुस महिनासम्म २ लाख २० हजार ७६७ जना बिरामीले सेवा लिएका हुन्। जसमध्ये आधा बढी बिरामीले स्वास्थ्य बीमाबाट सेवा लिएको तथ्यांक अस्पतालले सार्वजनिक गरेको छ। ६ महिनामा कुल सेवा लिने संख्यामध्ये १ लाख ५७ हजार १४ जनाले स्वास्थ्य बीमा र ६३ हजार ७५३ जनाले शुल्क तिरेर सेवा लिएका छन्। 

    ४ हजार ६५४ जनाले जनावरले टाकेपछिको उपचार लिएका छन्। जसमध्ये ४ हजार ५९४ जनरल ६० जना बीमाका बिरामी छन्। कार्डियोलोजी विभागमा ४३४ जनरल र २ हजार ६५७ बीमाका गरी ३ हजार ९१, कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी ९८ जनरल र १९४ बीमाका गरी २९२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ। यो सहित अन्य सेवा लिनेहरुको संख्या :

    images
    images

    डेन्टल : ९१०६ (३२८२ जनरल, ५८२४ बीमा)
    डायबेटिज एण्ड इण्डोक्राइनोलोजी : १५७२ (२८१ जनरल, १२९१ बीमा)
    इएनटी : १३६८१ (५७२८ जनरल, ७९५३ बीमा)
    फ्यामिली मेडिसिन : ३९९२ (५५३ जनरल, ३४३९ बीमा)
    ग्याष्ट्रो : १४३ (१२४ जनरल, १९ बीमा)
    जेनरल सर्जरी : १३८९१ (४२७१ जनरल, ९६२० बीमा)
    गाइनोकोलोजी/ओबिएस : १९६६७ (९१०७ जनरल, १०५६० बीमा)
    हेपाटोलोजी : १७ (१४ जनरल, ३ बीमा)
    इन्टरनल मेडिसिन : ७२४९९ (११८२६ जनरल, ६०६७३ बीमा)
    नेफ्रोलोजी : २९५९ (५०८ जनरल, २४५१ बीमा)
    न्यूरो एण्ड बडी इन्टरभेसन : ५७ (५५ जनरल, २ बीमा)
    न्यूरोलोजी : ७२ (६३ जनरल, ९ बीमा)
    न्यूरो सर्जरी : १५०२ (३७८ जनरल, ११२४ बीमा)
    आँखा : १७२९ (६६७ जनरल, १०६२ बीमा)
    अर्थोपेडिक : ३१२१९ (८५०७ जनरल, २२७१२ बीमा)
    पेडियाट्रिक : १२९९० (५५७० जनरल, ७४२० बीमा)
    साइकाइट्रि : ३८५१ (१५१० जनरल, २३४१ बीमा)
    रिफील मेडिसिन सर्भिस : ९१५९ (४२ जनरल, ९११७ बीमा)
    स्कीन : १३०८२ (५७५७ जनरल, ७३२५ बीमा)
    युरोलोजी : १३२१ (२६२ जनरल, १०५९ बीमा)

    यस्तै, २ लाख १६ हजार ८६२ जनरल र ४ लाख १७ हजार ८८५ बीमाका गरी ६ लाख ३४ हजार ७४७ जनाले ल्याब परीक्षणको सेवा लिएको अस्पतालले जनाएको छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend