images

२०८३ आश्विन १९ गते

images
images
images

फिल्म 'लाज शरणम्' ले पहिलो दिन कति कमायो ?

फिल्म 'लाज शरणम्' ले पहिलो दिन कति कमायो ?

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका छन् ।

    images
    images

    चलचित्रले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् । हलमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको क्यारेक्टरको तारिफ गरिरहेका छन् । उनले हसाएको बताएका छन् ।

    'धुर्मुसको क्यारेक्टरले हसायो । नेताहरूप्रति गरेको व्यङ्गय मन पर्यो,' विग मुभिज पुगेका एक दर्शकले भने, 'समग्रमा सिनेमाले मन पर्यो । कमेडी, व्यङ्ग्य र म्यासेज सबै मनपर्यो ।' अर्का एक दर्शकले भने, 'धेरै समयपछि धुर्मुसलाई चलचित्रमा देखियो । पाँडेले हँसाए । सक्गिोनिका कलाकारलाई चलचित्रमा देख्न पाइयो, राम्रो छ ।'

    images
    images

    चलचित्रमा सुन्दर कर्णालीको दृश्य पनि दर्शकले मन पराएका बताएका छन् । दर्शकले मन पराउँदा सिनेमाले पहिलो दिन एक करोड १० लाख ग्रसकलेक्सन गरेको छ । चलचित्रमा काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश छन् । जसले दर्शकको मन जितिरहेको छ ।

    सुन्दर कर्णालीको दृश्य समेटिएको चलचित्रमा कर्णालीका सुन्दर सिन समावेश छन् । कर्णालीका सुन्दर हिमाल, खर्क र पठारले दर्शकको ध्यान खिच्छ । कर्णालीका दुःख मात्रै चलचित्रमा छैन । प्राकृतिक रूपमा सुन्दर कर्णालीका मनोरम दृश्य र सुन्दर मन भएका मान्छे पनि छन् । महेश त्रिपाठी कर्र्णालीको एक दुखी पात्र त हुन् नै चोखो मन भएका व्यक्ति पनि हुन् ।

    उनी जति सुन्दर ठाउँमा जन्मिएका छन्, त्यति नै चोखो उनको मन र उद्देश्य पनि छ । आफ्नो दुनो सोज्याउनेहरूको भीडमा महेश चोखो मन भएका पात्र हुन् । उनको उद्देश्य जति राम्रो छ, त्यति नै राम्रो अभिनय पनि छ ।

    उनको अभिनयको ताकतले सिंगो सिनेमालाई सजिव बनाएको छ । तारिफयोग्य महेशको अभिनयले कर्णालीको दृश्यले जति मोहित गर्छ दर्शकलाई त्यति नै उनको अभिनयले पनि । लोभलाग्दो उनको अभिनयले ‘लाज शरणम्’लाई सम्झनायोग्य सिनेमा बनाएको छ ।  

    अब्बल अभिनय हेर्ने चाहना भएका दर्शकका लागि महेशको अभिनय हेर्न ‘लाज शरणम्’ छुटाउनै नहुने चलचित्र बनेको छ । सुन्दर कर्णाली र पवित्र मन बोकेर हिँड्ने महेशले मात्रै पनि यो चलचित्र हेर्ने दर्शकलाई होल्ड गर्छन् ।लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend