काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आठौं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आउँदो चैत ८ गते साधारणसभा डाकेको हो। सभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस सेयर वितरणपछि पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन्।




.gif)





