images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • नेपाल-भारत ऊर्जा सहकार्यमा तीव्रता, प्रसारण लाइन...

नेपाल-भारत ऊर्जा सहकार्यमा तीव्रता, प्रसारण लाइन बिस्तारले गति लिने

नेपाल-भारत ऊर्जा सहकार्यमा तीव्रता, प्रसारण लाइन बिस्तारले गति लिने

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । नेपाल र भारतबीच ऊर्जा आदान-प्रदानलाई थप प्रभावकारी बनाउन विभिन्न प्रसारण लाइन विस्तार योजनालाई तीव्रता दिने तयारी भएको छ ।

    images
    images

    हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर-मुजफ्फरपुर ४०० केभी भोल्टेजबाट बिजुली आयात-निर्यातको क्षमता ६०० मेगावाटबाट १ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखिएको छ । त्यसैगरी, नेपाल-भारतबीचको झुलाघाट–जौलजीबी अन्तरदेशीय प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन आगामी मार्चसम्म तयार गर्ने र सन् २०२७ सम्ममा आवश्यक निर्माण सम्पन्न गर्ने निर्णय भएको छ ।

    १०० केभी भोल्टेजको अन्तरदेशीय प्रसारण लाइन इन्चुवा-न्यू पूर्णिया खण्डको निर्माण २०२८/२९ भित्र सम्पन्न गरिनेछ भने दोधारा-काँकडभिट्टा–बरेली प्रसारण लाइन २०२८/२९ सम्म सकिनेछ । यसैगरी, ढल्केबर–सितामढी ४०० केभी प्रसारण लाइन सन् २०२९ सम्म सम्पन्न गर्ने योजना रहेको छ भने बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन पनि सोही समयमा सम्पन्न गरिनेछ ।

    images
    images

    निजगढ–मोतीहारी ४०० केभी प्रसारण लाइन सन् २०३२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने कोहलपुर-लखनउ ४०० केभी प्रसारण लाइन सन् २०३४ सम्म बनाइसक्ने योजना छ ।

    संयुक्त उपक्रममार्फत परियोजनाको निर्माण

    नेपाल-भारत ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउन कम संख्यामा ७८ को आयोजनालाई नयाँ मोडेलमा निर्माण गरिने भएको छ । नेपालतर्फको प्रसारण लाइनका लागि नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडबीच संयुक्त उपक्रम कम्पनी गठन गरिनेछ । भारततर्फको प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच संयुक्त उपक्रम कम्पनी बनाइनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend