काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा साढे २४ करोड रुपैयाँ भन्दा बढीको कन्डम आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को वैदेशिक व्यापार तथ्यङ्क अनुसार एक बर्षको अवधीमा २४ करोड ६९ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको हो ।
यस अवभीमा ३ करोड ९२ लाख ३२ हजार पिस कन्डम नेपाल भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ५५ हजार रुपैयाँ भन्सार राजस्व बुझाएका छन् ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा कन्डमको आयात अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा ३ करोड ४१ लाख रुपैयाँले बढेको हो । यस आर्थिक बर्षमा ३ करोड ६५ लाख पिस कन्डम नेपाल भित्रिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा विदेशबाट २१ करोड २८ लाख रुपैयाँको कन्डम आयात भएको थियो । अघिल्लो आवको तु्लनामा मूल्यमा कण्डमको आयात बढेपनि संख्यामा भने आयात घटेको देखिएको छ ।




.gif)





