काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ मा ३ अर्ब ८५ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात गरेको छ।
भन्सार विभागले सार्वजनिक गररेको तथ्याङ्क अनुसार एक बर्षको अवधीमा नेपालले ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर विभिन्न मुलुकमा निर्यात गरेको हो ।
विभागका अनुसार १ वर्षमा क्लिङ्कर १ अर्ब ८८ करोड रुपैयाँको निर्यात भएको छ भने सिमेन्ट १ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको छ।
सरकारले अघिल्लो आर्थिक वर्षबाट सिमेन्ट निर्यात गर्दा नगद अनुदान दिने घोषणासँगै निर्यात बढेको छ।
सरकारले निर्यात सहुलियतको लागि सीमा तोकेकाले व्यवसायीले भने नगद अनुदान नपाएको गुनासो गर्दै आएका छन्।




.gif)





