images

२०८३ आश्विन १८ गते

images
images
images

एनसेलले ल्यायो ‘रिन्युअल प्याक सधैँ अन’

एनसेलले ल्यायो ‘रिन्युअल प्याक सधैँ अन’

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं ।  एनसेलले आफ्ना ग्राहकहरूलाई दूरसञ्चार सेवाहरूमा सहज, सुलभ प्याकहरूका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उद्देश्य सहित नयाँ प्रिपेड सेवा ‘सधैँ अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ । 

    images
    images

    सधैँ अन प्याकको सफलतापछि सञ्चालनमा ल्याइएका रिन्यूअल प्याकहरूमार्फत ग्राहकहरूले  बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरूको फाइदा लिन सक्छन् । रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मक रूपमा महँगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स–साना प्याकहरु प्रतिको निर्भरता हटाएर सधैँ अन अर्थात् कनेक्टेड रहन सक्षम बनाउनु हो । यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ ।

    यसको अर्थ त्यस्ता सेवा, सुविधाहरू अर्को महिनाका सेवा, सुविधाहरूमा थप हुने व्यवस्था रहेको छ । यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३एष्ट्रिक्स ९ह्यास डायल गरेर, वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात् प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिन्छ । सधैँ अन रिन्यूअल प्याक अर्थात् हरेक महिना ३० दिनमा नवीकरण हुने यी प्याकहरूमा ग्राहकले पुरै एक महिनाको समय सीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन् । यसमा साधारण सधैँ अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढीको समयावधि रहेको छ । यी प्याकहरूमा युट्युबमा अनलिमिट्ड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरू डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ र केही प्याकहरूमा ग्राहकहरूले आफ्ना परिवारजन, साथीभाइ, र सहकर्मीहरूसँग महिनाभर जति पनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन् ।

    images
    images

    एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने, “आजको डिजिटल परिप्रेक्ष्यमा, सहज कनेक्टिभिटी कार्यालयदेखि व्यक्तिगत कार्यहरू, शिक्षा, मनोरञ्जन र सोसल मिडियामा अन्तरक्रियालगायतका लागि अत्यन्त आवश्यक रहेको छ । सधैँ अन रिन्यूअल प्याकहरू उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले ध्यानपूर्वक डिजाइन गरिएको छ, जसले ग्राहकहरूलाई कुनै पनि अवरोध बिना कनेक्टेड रहन सहयोग गर्दछ ।

     यी प्याकहरूले अत्यन्तै सुलभ शुल्कमा अनलिमिटेड कल, सहज, निरन्तर डेटामा पहुँच प्रदान गर्दछ, जसले ग्राहकहरूलाई निर्धक्क भएर बिना कुनै अतिरिक्त शुल्कको चिन्ता सेवा लिन, विभिन्न जानकारीमा आफ्नो पहुँच सुनिश्चित गर्न र डिजिटल सामग्रीहरूबाट फाइदा उठाउन मद्दत पुर्‍याउँछ । फोनमार्फत भिडियो स्ट्रिमिङ, सोसल मिडिया होस् वा म्यासेजिङका लागि होस् वा रिमोट वर्कका लागि होस्, ग्राहकहरूले आफ्नो बजेट अनुसार उपभोक्तामैत्री शुल्कमा पुरा महिना डिजिटल अनुभव लिएर सधैँ अन रहन यी प्याकहरुले मद्दत गर्दछ ।” 

    रिन्यूअल प्याक अन्तर्गत एनसेलले बेस्ट रिन्यूअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्यूअल गरी तीन प्रकारका प्याकहरू संचालनमा ल्याएको छ । पहिलो बेस्ट अन्तर्गत कर सहित मासिक रु. ३९९, रु. ४९९, र रु. ५९९ का प्याकहरु रहेका छन् । यसमा भ्वाइस, डेटा, र एसएमएस साथै अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डेटा समावेश छन् । प्याकअनुसार, यसमा ग्राहकहरूले ८ जीबीदेखि २० जीबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन् ।

    दोस्रोमा अनलिमिटेड रिन्यूअल प्याक अन्तर्गत कर सहित रु. ७९९, रु. ९९९, र रु. १,४९९ का प्याकहरु समावेश रहेका छन् । यी प्याकहरूमा ग्राहकले कुनै पनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड यूट्युब, अनलिमिट्ड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन् ।

    त्यसैगरी तेस्रो रिन्यूअल सेवा अन्तर्गत डेटा र भ्वाइसमात्र पाइने प्याकहरु रहेका छन् । उदाहरणका लागि एनसेलका रु. १९९ देखि रु. ४४९ सम्मका लोकप्रिय भ्वाइसहरु रहेका छन् । त्यसैगरी डेटामा रु २९९ बाट सुरु हुने प्याकहरु समावेश छन् ।एनसेलले रिन्यूअल अर्थात् नवीकरण ग्राहकहरूका लागि अप्रत्याशित नहोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरेको छ, जसले गर्दा ग्राहकहरूले रिन्यूअल अर्थात् नवीकरणको समय-मितिबारे अग्रिम जानकारी पाउँछन् । साथै, नवीकरण समय आउनु अघि नै ग्राहकहरूले नियमित रूपमा प्याकहरु खरिद गर्ने विकल्प पनि पाउँछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend