images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • प्रधानमन्त्री ओली :भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्द्धनात्मक,...

प्रधानमन्त्री ओली :भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक उपाय अवलम्बन गरिन्छ

प्रधानमन्त्री ओली :भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक उपाय अवलम्बन गरिन्छ

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताएका छन् ।  

    images
    images

    सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्धतिको प्रयोग गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइने बताए । उनले सरकारका सबै अंगहरुमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने बताए । उनले सार्वजनिक खरिद कानुनको समसामयिक संशोधन र परिपालनालाई सशक्त र प्रभावकारी बनाइने पनि बताए ।

    ओलीले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्याङ्कन प्रणाली अवलम्बन गर्ने बताए । उनले अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइने पनि उल्लेख गरे । 

    images
    images

    प्रधानमन्त्री ओलीले राजश्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रीय बिजक अनुगमन प्रणाली, भिसिटिएस सूचना प्रणाली, भूमि व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबिच अन्तर आबद्धता कायम गरी एकीकृत करदाता, सूचना प्रणालीको विकास गरिने जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend