images

२०८३ आश्विन २४ गते

images
images
images

चालु आर्थिक वर्ष ११ महिनामा २ अर्ब ३२ करोड रुपैयाँको बिजुलीको मिटर आयात

चालु आर्थिक वर्ष ११ महिनामा २ अर्ब ३२ करोड रुपैयाँको बिजुलीको मिटर आयात

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा २ अर्ब ३२ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको बिजुलीको मिटर आयात भएको छ । भन्सार विभागका अनुसार ११ महिनामा ४ लाख ६७ हजार २४ थान मिटर आयात भएको हो ।

    images
    images

    गत आर्थिक वर्ष सोही अवधिमा ९२ करोड ७६ लाख ७६ हजार रुपैयाँ बराबरको मिटर आयात गरिएको थियो ।गत आर्थिक वर्ष भारत, चीन, जापान, सिंगापुर, बेलायत र अमेरिकाबाट बिजुलीको मिटर आयात गरिएको थियो ।

    चालु आर्थिक वर्ष सबैभन्दा बढी चीनबाट २ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ बराबरको २ लाख ९० हजार ७ सय ५४ थान मिटर आयात भएको विभागकाे तथ्यांक छ । भारतबाट १८ करोड ६१ लाख ११ हजार रुपैयाँ बरारको १ लाख ७६ हजार ९९ थान मिटर आयात भएको विभागको तथ्यांक छ ।

    images
    images

    अमेरिकाबाट २ करोड ५८ लाख ६५ हजारको ६१ थान, ग्रिसबाट ६२ लाख १० हवारको सय थान, डेनमार्कबाट १ लाख ३३ हजार र रूपैयाँ बराबरको ८ थान र बंगलादेशबाट ३ हजार रुपैयाँ बराबरकाे २ थान बिजुलीको मिटर आयात गरिएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend