images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • नेपाल बीमा प्राधिकरणको मौद्रिक क्षति बीमा...

नेपाल बीमा प्राधिकरणको मौद्रिक क्षति बीमा निर्देशिका २०८१ जारी (पूर्णपाठ)

नेपाल बीमा प्राधिकरणको मौद्रिक क्षति बीमा निर्देशिका २०८१ जारी (पूर्णपाठ)

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । नेपालका बैंक, वित्तीय संस्था र नगद कारोबार गर्ने अन्य संस्थाहरूको नगद तथा नगदजन्य उपकरणहरूको सुरक्षा र जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउन नेपाल बीमा प्राधिकरणले हालै नयाँ मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशिका, २०८१ सार्वजनिक गरेको छ।

    images
    images

    नयाँ निर्देशिकाले बैंकर क्षतिपूर्ति बीमालेख, नगद बीमालेख र निष्ठा जमानी बीमालेखको लागि स्पष्ट बीमाशुल्क दरहरू निर्धारण गरेको छ। बैंकर क्षतिपूर्ति बीमालेख अन्तर्गत आधारभूत बीमांकको बीमाशुल्क २.७५ प्रतिशत तोकिएको छ, र अतिरिक्त बीमांकको लागि प्रति रक्षावरण १ प्रतिशत बीमाशुल्क लाग्नेछ। निष्ठा जमानी बापतको बीमाशुल्क भने प्रति कर्मचारी १० रुपैयाँ निर्धारण गरिएको छ।

    नगद बीमालेखमा, काउन्टर वा सेफरभल्टमा राखिएको नगद तथा नगदजन्य उपकरणहरूको बीमाशुल्क प्रति हजार रुपैयाँमा २ रुपैयाँ तोकिएको छ। पारवहन प्रक्रियामा रहेको नगद तथा नगदजन्य उपकरणहरूको लागि १।५ प्रतिशत बीमाशुल्क निर्धारण गरिएको छ। यसका अतिरिक्त, हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकवाद सम्बन्धी जोखिमहरूको लागि बीमाशुल्क प्रति हजार रुपैयाँमा १।२५ रुपैयाँ तोकिएको छ।

    images
    images

    प्राधिकरणका सहायक निर्देशक राम कोजुका अनुसार, यो निर्देशिका बैंक तथा वित्तीय संस्थाहरूको अलावा, नगद कारोबार गर्ने सहकारी संस्था, सुनचाँदी पसल लगायतका अन्य संस्थाहरूलाई पनि समेटेर तयार गरिएको हो। यसले बीमक र बीमितबीचको द्विपक्षीय करारलाई थप स्पष्ट पार्दै, बीमा अवधि समाप्त हुनु भन्दा कम्तीमा १५ दिन अगाडि बीमितलाई सूचना दिनुपर्ने व्यवस्था गरेको छ। 

    साथै, बीमा अवधि भित्र बीमाशुल्क दरहरू परिवर्तन गर्न नपाइने प्रावधानले बीमितहरूको हितलाई संरक्षण गर्ने उद्देश्य राखेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend