काठमाडौंः विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन लाइन नकाट्न निर्देशन दिएको छ।
शुक्रबार विद्युत् प्राधिकरणलाई पत्र पठाउँदै आयोगले यस्तो निर्देशन दिएको हो।
प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन लाइनको बक्यौता उठाउन उद्योगको लाइन काट्ने अनुमति दिन आयोगलाई पत्राचार गरेपछि आयोगले तथ्य पुष्टि नभएको भन्दै लाइन नकाट्न भनेको हो।
यसअघि डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने विषयमा ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच मतभेद देखिएको थियो। त्यस क्रममा मन्त्री खड्काले घिसिङसँग स्पष्टीकरण नै सोधेका थिए।




.gif)





