images

२०८३ आश्विन २० गते

images
images
images

जीडीपी तुलनामा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

जीडीपी तुलनामा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

images
images
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौं, ९ फागुन । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८१।८२ को माघसम्ममा सरकारी ऋण २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ ।

    images
    images

    ‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण  २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा माघ मसान्त सम्ममा रु एक खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ । हालसम्मको कुल सार्वजनिक ऋण जिडिपी अनुपातमा ४५ दशमलव ७७ प्रतिशत हुन आउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

    कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८७ र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १३ प्रतिशत छ । माघ मसान्त सम्ममा आन्तरिक ऋण रु १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण दायित्व रु १३ खर्ब २८ अर्ब २५ करोड छ । विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै यो अवधिमा रु ३६ अर्ब ५९ करोड ऋण दायित्व थपिएको कार्यालयले जनाएको छ ।

    images
    images

    सरकारले चालु आवका लागि रु पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । हाल सम्म रु दुई खर्ब ९० अर्ब ५७ करोड ऋण उठिसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हाल सम्मको कुल सार्वजनिक ऋण प्राप्ति ५३ दशमलव १२ प्रतिशत हो ।

    चालु आवमा रु तीन खर्ब ३० अर्ब आन्तरिक र रु दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य छ । माघ मसान्त सम्ममा आन्तरिकतर्फ रु दुई खर्ब २९ अर्ब १५ करोड र बाह्यतर्फ रु ६१ अर्ब ४२ करोड ऋण उठिसकेको छ । वार्षिक लक्ष्यका आधारमा हाल सम्मको प्राप्ति आन्तरिक तर्फ ६९ प्रतिशत र बाह्यतर्फ २८ दशमलव ३१ प्रतिशत बराबर हो ।

    त्यस्तै, ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षमा चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ ।

    पछिल्लो सात महिनामा एक खर्ब ७८ अर्ब ७५ करोड साँवा ब्याज भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कूल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्त सम्मको ऋण सेवा खर्च तीन दशमलव ३१ प्रतिशत हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend