images

२०८३ आश्विन २४ गते

images
images
images

झुलाघाट नाकामा आयातबाट राजस्व बढ्यो, निर्यात भने शून्य

झुलाघाट नाकामा आयातबाट राजस्व बढ्यो, निर्यात भने शून्य

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको मुख्य नाका महाकाली भन्सार कार्यालय झुलाघाटमा गत वर्षको निर्यात शून्यमा झरेको छ । नाकाबाट गत वर्ष कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ ।

    images
    images

    कार्यालयका प्रमुख अनिल झाका अनुसार केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेको थियो । निर्यात शून्यमा झरे पनि कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आयातबाट भने लक्ष्यभन्दा एक सय ७० प्रतिशत बढी राजस्व सङ्कलन भएको उनले बताए ।

    कार्यालयले गत आवमा ५१ लाखको लक्ष्य राखेकामा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख झाले बताए । उनका अनुसार लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० बढी राजस्व सङ्कलन भएको हो । भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्त शुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

    images
    images

    विगतका वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्ने अवस्था थियो । आव २०७९/८० मा ३८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ३५ लाख ३८ हजार मात्रै सङ्कलन भएको थियो । 

    भन्सार क्षेत्रमा गरिएको कडाइ, आयातमा वृद्धिलगायत कारणले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार प्रमुख प्रमुख झाले बताए । यो नाकाबाट चिनी, कपडा, गुड, भाँडाकुडालगायत घरायसी प्रयोजनका सामग्री बढी भित्रिने गर्दछन् । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीले धेरैजसो सामान धनगढी तथा काठमाडौंबाट ल्याउने गरेका छन्  । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend