images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • आइफोन १६ई सार्वजनिक, ५९९ डलरमा उपलब्ध...

आइफोन १६ई सार्वजनिक, ५९९ डलरमा उपलब्ध यस्तो छ फोन

आइफोन १६ई सार्वजनिक, ५९९ डलरमा उपलब्ध यस्तो छ फोन

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । एप्पलले आइफोन १६ई सार्वजनिक गरेको छ ।

    images
    images

    आइफोन १६ई मा शक्तिशाली ए१८ चिप छ । यसले फोनको प्रदर्शन, एप्पल इन्टेलिजेन्सको सञ्चालन र ब्याट्री लाइफ उत्कृष्ट बनाउने कम्पनीले जनाएको ।

    फोनमा ४८ मेगापिक्सलको २ इन १ क्यामेरा प्रणाली छ । यो फोनको सुरुआती प्रतिमूल्य ५९९ अमेरिकी डलर छ ।

    images
    images

    ६.०६ इन्चकोओएलईडी डिस्प्ले भएको १६ई अब एप्पलको मानक ६.१२ इन्चको आइफोन १६ को आकारकनजिक छ ।

    यो आइफोन १६ भन्दा ०.१ मिलिमिटर साँघुरो र ०.७ मिलिमिटर छोटो छ ।

    १६ई मा एक्सन बटन छ, तर आइफोन १६ शृंखलाजस्तो नयाँ क्यामेरा कन्ट्रोल समावेश छैन ।

    आइफोन १६ईमा यूएसबी सी पोर्ट छ । यसको र्‍याम ८ जीबी र स्टोरेज १२८ जीबी रहेको आकलन छ ।

    कम्पनीले यो फोनमा क्वाल्कमको छोडेर आफैँले विकास गरेको मोडियम प्रयोग गरेको छ । शुक्रबार (भोलि)देखि प्रिअर्डर गर्न मिल्ने आइफोन १६ईको डेलिभरी यही फेब्रुअरी २८ देखि हुने जनाइएको छ ।

    नेपालमा फोन कहिले भित्र्याइन्छ र मूल्य कति पर्छ भन्ने जानकारी छैन ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend