images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • एलजीको वाशिङ मेसिन नेपाली बजारमा, यस्ता...

एलजीको वाशिङ मेसिन नेपाली बजारमा, यस्ता छन् विशेषता

एलजीको वाशिङ मेसिन नेपाली बजारमा, यस्ता छन् विशेषता

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । एलजी नेपालमा चौधरी ग्रुपमार्फत आधिकारिक रूपमा बिक्री हुँदै आएको छ। चौधरी ग्रुपले बिगत ४ दशक देखि एलजीका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

    images
    images

    एलजी नेपालमा टीभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन, तथा अन्य इलेक्ट्रोनिक्स उपकरणको लागि एक लोकप्रिय ब्रान्ड हो । नेपालमा नविनतम प्रविधि, उर्जा-दक्ष उपकरणहरू, र उत्कृष्ट ग्राहक सेवाका लागि परिचित छ।

    नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन, र उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै, एलजी वाशिङ मेसिनले घरायसी लुगा धुने प्रविधिमा नयाँ मानक स्थापित गरेको छ । एलजी वाशिङ मेसिन नेपालकै सबैभन्दा विश्वासिलो तथा नम्बर १ ब्रान्ड हो, जसले आफ्नो विरासतलाई निरन्तर कायम राख्दै आएको छ ।

    images
    images

    नवीनतम एलजी वाशिङ मेसिनमा समावेश एआई डाइरेक्ट ड्राइभ प्रविधिले स्वचालित रूपमा उपयुक्त धुने प्रक्रिया चयन गर्दछ। ६ मोशन डाइरेक्ट ड्राइभ प्रविधिले हातले धुने तरिकालाई नजिकबाट अनुसरण गरी उत्कृष्ट धुने अनुभव प्रदान गर्छ।

    एलजी वाशिङ मेसिनका प्रमुख विशेषताहरू:
    स्टीम प्रविधि – एलर्जी हटाउन र कपडामा चिटिक्क राख्न सहयोगी।
    टर्बोवाश ३६०° – केवल ३९ मिनेटमै छिटो र प्रभावकारी धुने प्रक्रिया।*
    नो बेल्ट, नो पुली डिजाइन – प्रत्यक्ष मोटर ड्राइभ प्रविधि, बढी टिकाउ र प्रभावकारी।
    थिनक्यू स्मार्ट कनेक्सन – मोबाइल एपमार्फत टाढाबाटै संचालन गर्न सकिने।
    पूर्ण स्टेनलेस स्टिल ड्रम – स्वच्छ, टिकाउ, र दीर्घकालीन प्रयोगका लागि उपयुक्त।
    टेम्पर्ड ग्लास ढोका – आकर्षक डिजाइन, स्क्र्याच-प्रतिरोधी, र बलियो संरचना।

    एलजी नवप्रवर्तनमा अगाडि छ, जसले उपभोक्ताहरूलाई नवीनतम प्रविधि र उच्च गुणस्तर प्रदान गर्छ । नेपालकै सबैभन्दा विश्वासिलो वाशिङ मेसिन ब्रान्डको रूपमा चिनिनु आफूहरुको लागि गर्वको विषय भएको कम्पनीले जनाएको छ । यसले ग्राहकहरूको भरोसा र सन्तुष्टिलाई प्रमाणित गर्ने कम्पनीको भनाइ छ ।

    चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो। यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ । एलजी गुणस्तर, ऊर्जा दक्षता, र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू १०० + देशमा उपलब्ध छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend