images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • फागुन ११ गते समता घरेलु लघुवित्तको...

फागुन ११ गते समता घरेलु लघुवित्तको साधारण सभा , के-के छन् प्रस्ताव ?

फागुन ११ गते समता घरेलु लघुवित्तको साधारण सभा , के-के छन् प्रस्ताव ?

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्तावसहित फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा संस्थाले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    images
    images

    आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । 

    सभा मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि संस्थाले माघ २४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ माघ २३ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend