images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • आर्थिक वर्षमा धरान उपमहानगरपालिकाले ल्यायो...

आर्थिक वर्षमा धरान उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८९ करोडको बजेट

आर्थिक वर्षमा धरान उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८९ करोडको बजेट

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • काठमाडौँ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष   २०८१\८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १५औँ नगरसभाको वैठकमा उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले एक अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८० रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरे ।

    images
    images

    बजेटमा ४२ करोड ९७ लाख छ हजार रुपैयाँ आन्तरिक स्रोत आय अनुमान गरिएको छ । साथै आन्तरिक राजस्वबाट ४८ करोड ४१ लाख ३४ हजार दुई ८० रुपैयाँ, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख रुपैयाँ, प्रदेश सरकार अनुदान छ करोड ४० लाख ६४ हजार सङ्घीय राजस्व बाँडफाँटबाट २१ करोड ३४ लाख रुपैयाँ प्रदेश राजस्व बाँडफाँटबाट२४ करोड आठ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

    बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि ४५ करोड ८२ लाख २९ हजार रुपैयाँ, शिक्षा युवा तथा खेलकुदमा ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्यमा आठ करोड तीन लाख ८४ हजार रुपैयाँ, सामाजिक विकासमा चार करोड ४१ लाख रुपैयाँ, आर्थिक विकासमा एक करोड ८४ लाख ९४ हजार रुपैयाँ, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनमा एक करोड ४० लाख रुपैयाँ, पर्यटनमा ९० लाख ५० हजार विनियोजन गरिएको छ ।

    images
    images

    साथै सूचना तथा सञ्चारतर्फ २५ लाख ५० हजार रुपैयाँ, कानुन तथा न्याय सम्पादनतर्फ १० लाख रुपैयाँ, सार्वजनिक जग्गा संरक्षणका लागि २० लाख रुपैयाँ, राजश्व परिचालनमा २३ लाख रुपैयाँ, वडा पूर्वाधार निर्माणमा २५ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    मेयर भिजन कार्यक्रममा पाँच करोड रुपैयाँ, उपमेयर भिजन कार्यक्रममा तीन करोड रुपैयाँ विनियोजनका साथै मेयर कोषमा एक करोड ८० लाख रुपैयाँ, उपमेयर कोषमा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend