images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरूको...

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • प्रतिनिधि सभा बैठक बस्दैछ।

    images
    images

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक सुरू हुनेछ।

    आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले उठाएका प्रश्नको जवाफ आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेछन्।

    images
    images

    प्रधानमन्त्री ओलीले चौथोपटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक सांसदहरूसँग प्रश्नोत्तर गर्न लागेका हुन्।

    प्रधानमन्त्री ओलीले आइतबार मात्रै प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए।

    प्रतिनिधि सभाको आजको बैठकमै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पपत्ति भएको विधायन सम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend