images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • बजारमा सुन्तलाको मूल्य बढ्यो, प्रतिकिलो...

बजारमा सुन्तलाको मूल्य बढ्यो, प्रतिकिलो कति ?

बजारमा सुन्तलाको मूल्य बढ्यो, प्रतिकिलो कति ?

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौंं । बजारमा सुन्तलाको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको छ।तथ्यांक अनुसार बजारमा स्वदेशी र भारतीय गरी दुई प्रकारका सुन्तला आउँछन्।

    images
    images

    सोमबार कालीमाटी बजारमा नेपाली सुन्तला प्रतिकिलो थोक मूल्य एक सय ६० देखि एक सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, भारतीय सुन्तलाको मूल्य प्रतिकिलो थोक मूल्य एक सयदेखि एक सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

    एक महिना अघि कालीमाटी बजारमा नेपाली सुन्तला एक सयदेखि एक सय २० रूपैयाँसम्म कारोबार भएको थियो। त्यस्तै, भारतीय सुन्तलाको मूल्य प्रतिकिलो ९० देखि एक सय रूपैयाँमा कारोबार भएको थियो। सिजन सकिएसँगै सुन्तलाको मूल्य बढेको हो।

    images
    images

    फलफूल व्ययवसायीका अनुसार अहिले बजारमा नेपाली सुन्तला कम मात्रामा आउने गरेको छ। त्यस्तैले मूल्य वृद्धि भएको हो।नेपाली सुन्तलाको सिजन सकिएको छ। अब भारतीय सुन्ताला बढी भित्रिने छ। कालीमाटीमा गोर्खा, स्याङ्जा, लमजुङ, काभ्रे, धरान लगायतका जिल्लाबाट सुन्तला आउने गरेको छ।  थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। अहिले बजारमा उपभोक्ताले एक किलो सुन्तलाको एक सय ८० देखि दुई सय रूपैयाँसम्म तिरिरहेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend