images

२०८३ आश्विन २४ गते

images
images
images

मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड रुपैयाँ राजश्व सङ्कलन

मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड रुपैयाँ राजश्व सङ्कलन

images
images
सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • झापा । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । 

    images
    images

    मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०/८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार  बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो ।

    मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ । उनका अनुसार आव २०७९/८० मा रु ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात र रु २२ अर्ब चार करोड १८ लाख ९३ निर्यात रहेको थियो ।

    images
    images

    गत आवमा पेट्रोलियम पदार्थ चार दशमलव ५१ प्रतिशत, जुट सात दशमलव २५ प्रतिशत, जिप्सम छ दशमलव ५७ प्रतिशत, तरकारी १७ दशमलव ८५ प्रतिशत, अलडिड रेजिन पाँच दशमलव ६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए । मेसिनरी उपकरण ६६ दशमलव १० प्रतिशत, दाल १८ दशमलव छ प्रतिशत, इलेक्ट्रिक उपकरण ३० दशमलव ३४ प्रतिशत र  फलाम २२ दशमलव प्रतिशतले आयात बढेको छ ।
     
    मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट एक हजार दुई सय ५३ दशमलव ९७ प्रतिशतले बढ्दा प्लाइउड ५५ दशमलव ३८ प्रतिशत, छुर्पी २९ दशमलव ७९ प्रतिशत, अम्रिसो ३० दशमलव १२ प्रतिशत, अदुवा–सुठो २१ दशमलव ६८ प्रतिशतले निर्यात बढेको छ । 

    अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ । सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०/८१ मा मेची भन्सार कार्यालयले रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend