images

२०८३ आश्विन १६ गते

images
images
images

पर्साबाट ९ महिनामा साढे ३५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

पर्साबाट ९ महिनामा साढे ३५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले आफ्नो ९ महिने कार्य प्रगती विवरण सार्वजनिक गरेको छ ।पर्सास्थित उक्त गणले सार्वजनिक गरेको ९ महिने कार्य प्रगति विवरणमा विभिन्न नाकाबाट ३५ करोड ५९ लाख २१ हजार ९१० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको उल्लेख छ ।

    images
    images

    जेठदेखि माघसम्मको अवधिमा विभिन्न नाकाबाट चोरी पैठारी गरी नेपाल ल्याउन खोजिएका भन्सार छलीका सामानहरु बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता नरेन्द्र धामीले बताए ।

    उनका अनुसार बरामद भन्सार छलीका विभिन्न सामानमध्ये २३ करोड ४१ लख २७ हजार ३५८ रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुुझाइएको छ भने १२ करोड १७ लाख ९४ हजार ५५२ रुपैयाँको राजस्व छलीका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुुझाइएको छ ।

    images
    images

    कुन महिनामा कति भन्सार छलीका सामान बरामद ?

    गत जेठ महिनामा ४ करोड ४२ लाख ६५ हजार ४८७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको १३ नम्बर गणले असारमा ६ करोड ८२ लाख १ हजार ४४०, साउनमा ५ करोड ४२ लाख ८१ हजार २०३, भदौमा ३ करोड ५९ लाख ९४ हजार ३४७ रुपैयाँ बराबरको त्यस्ता सामान बरामद गरेको थियो ।

    यसैगरी असोजमा १ करोड ९८ लाख ९३ हजार ३९४, कार्तिकमा ३ करोड ४४ लाख ७३ हजार ६७८, मंसिरमा ३ करोड ३० लाख २४ हजार ७४७, पुसमा ३ करोड ५१ लाख ५९ हजार १५३ र माघ महिनामा ३ करोड ६ लाख २८ हजार ४६२ रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न सामान बरामद भएको प्रवक्ता धामीले जानकारी दिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend