images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत...

झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • झापा । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ ।जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । उनका अनुसार परियोजनामार्फत जिल्लामा साढे छ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ ।

    images
    images

    महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उनले बताए । “प्याजको परनिर्भरतालाई घटाउन पनि अनुदान दिएर किसानलाई खेतीतर्फ प्रोत्साहन दिइएको हो”, उनले भने, “किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिँचाइमा अनुदानलगायत प्रोत्साहनको योजना अगाडि सारिएको हो ।”

    व्यावसायिकखेती प्रवद्र्धनका लागि परियोजनाले चालु आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ५० हजार बजेट विनियोजन गरेको छ । प्रमुख सुवेदीका अनुसार परियोजनाले प्याजखेतीका निमित्त खुल्ला रुपमा प्रस्ताव आह्वान गरेको थियो । १३ किसानले प्रस्ताव पेस गरे पनि ११ जनाले मात्र खेती गरेको उनले बताए । आयातित प्याजको दिनानुदिन भइरहने मूल्यवृद्धिलाई समेत स्वदेशी उत्पादनले कम गर्ने उनको धारणा छ ।

    images
    images

    गौरीगञ्ज–२ मा आदिवासी महिला कृषक समूहको अगुवाइमा दुई बिगाहा जमिनमा प्याज रोपण कार्य भइरहेको छ । समूहकी अध्यक्ष नविना राजवंशीले परियोजनाको दुई लाख र समूहको दुई लाख गरी चार लाखमा प्याजको व्यावसायिकखेती गरिएको बताए ।

    उनले यसबाट आएको आम्दानीले समूहमा आबद्ध २१ कृषकहरुको हितमा खर्च गर्ने उद्देश्य लिइएको बताए । “हामीले पहिलोपटक ५० प्रतिशत अनुदान पाएपछि प्याजको व्यावसायिकखेती गरेका हौँ”, उनले भने, “यो हाम्रो परीक्षण पनि हो, राम्रो भयो भने अर्को वर्ष थप जमिन भाडामा लिएर भए पनि खेती गर्छौं ।” रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend