images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • पेट्रोलमा मूल्य बढ्यो, डिजेल र मट्टितेल...

पेट्रोलमा मूल्य बढ्यो, डिजेल र मट्टितेल मूल्य भने घटेको छ

पेट्रोलमा मूल्य बढ्यो, डिजेल र मट्टितेल मूल्य भने घटेको छ

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    images
    images

    निगमले शनिबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा ४।४ रुपैयाँ घटाएको छ  । 

    नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । 

    images
    images

    इण्डियन आयल कर्पोरेशनबाट फाल्गुनमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ५८ पैसा बढेर तथा र डिजेलमा ३ रुपैयाँ ५९ पैसाले घटेर आएको छ । 

    निगमको डिपो रकार्यालयदेखि १५ किलोमिटर सम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ । पहिलो वर्ग अन्तर्गतः चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा पर्नेछ ।

    यस्तै दोस्रो वर्ग अन्तर्गतः सुर्खेत र दांगमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । तेस्रो वर्ग अन्तर्गतः काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ ।

    null

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend