images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • एक सय बिघामा विषादी नियन्त्रित तरकारी...

एक सय बिघामा विषादी नियन्त्रित तरकारी फलाइरहेको फ्रेसकेटिएम

एक सय बिघामा विषादी नियन्त्रित तरकारी फलाइरहेको फ्रेसकेटिएम

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । फ्रेसकेटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी र फलफूल खेती गरिरहेको छ।रौतहटमा १०० बिघा क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको हो।

    images
    images

    उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेसकेटिएमले  आफ्नै काठमाडौंको रातोपुल, झम्सिखेल र भैंसेपाटीमा रहेको फ्रेसकेटिएम आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध गराउँदै आएको छ।फ्रेसकेटिएम फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत किट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको फ्रेसकेटिएमका निर्देशक शिव न्यौपानेले बताए।

    न्यौपानेका अनुसार अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीहरू साथै गहुँ, तोरी र दाल उत्पादन गरिन्छ। जसले उपभोक्ताहरूलाई स्वस्थ्यकर खानामा पहुँच पुर्‍याउन मद्दत गरेको छ।फार्ममा एक सयभन्दा बढीले काम गर्छन्।

    images
    images

    कम्पनीले फार्ममा रहेका २५० भन्दा बढी भैंसीहरूको गोबर तथा जैविक स्रोतहरूको उपयोग गरेर आफैँले कम्पोस्ट, भर्मी कम्पोस्ट र सूक्ष्मजीवहरू उत्पादन गरिरहेको छ।यसले माटोको उर्वराशक्ति बढाउने मात्र नभई रसायनको अत्यधिक प्रयोगलाई हटाएर स्वास्थ्य उत्पादनलाई सुनिश्चित गर्छ। जसले लागत घटाउन पनि ठूलो योगदान गरेको छ।फ्रेसकेटिएमले आउटलेट  काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा आफ्ना आउटलेटहरू विस्तार गर्ने योजना बनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend