images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • लुम्बिनी केबलकार र पश्चिम नेपाल बस...

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबिच व्यापारिक सहकार्य

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबिच व्यापारिक सहकार्य

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ। सम्झौताबमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आबद्ध व्यवसायी र यसमा आबद्ध बसमा यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन्।

    images
    images

    यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाई तीन महिनाभित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन्। सम्झौतापत्रमा लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन्।रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ। केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्तिपीठ माँ कामाख्याको मन्दिर छ।

    केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ। पश्चिम नेपाल बस व्यवसायी प्रालिमा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा छन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend