images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • छ महिनामा फरवार्ड माइक्रोफाइनान्सले कमायो ८८...

छ महिनामा फरवार्ड माइक्रोफाइनान्सले कमायो ८८ लाख ५२ हजार नाफा

छ महिनामा फरवार्ड माइक्रोफाइनान्सले कमायो ८८ लाख ५२ हजार नाफा

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।विवरण अनुसार यसअवधिमा कम्पनीले ८८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।गत वर्षको यसैअवधिमा कम्पनी २ करोड ५८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

    images
    images

    गत वर्ष १ करोड ९३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनीले अहिले १ करोड २४ लाख सञ्चालन नाफा गरेको छ । यस्तै,  इम्पेयरमेन्ट चार्ज अहिले घटेर २६ करोड ५५ लाख रुपैयाँ छ ।  गत वर्ष कम्पनीको ३७ करोड ८० लाख रुपैयाँ रहेको थियो ।यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १८.२३ प्रतिशतले घटेर ४६ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।

    चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ रहेको यसको जगेडा कोषमा १ अर्ब ६८ करोड रुपैयाँ जम्मा रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको खराब कर्जा ७.७१ प्रतिशतबाट घटेर ५.३५ प्रतिशत कायम भएको छ ।कम्पनीको वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.४८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने २५१.९४ रुपैयाँ छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend