images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • धितोपत्र बोर्ड र त्रिवि व्यवस्थापन केन्द्रीय...

धितोपत्र बोर्ड र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

धितोपत्र बोर्ड र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । धितोपत्र बोर्ड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सहकार्य गर्ने सम्झौता भएको छ।सम्झौतापत्रमा बुधवार धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र त्रिवि व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. भवानीशंकर आचार्यले हस्ताक्षर गरेका हुन्।

    images
    images

    सम्झौताअनुसार पुँजी बजारका विविध विषयमा अध्ययन तथा अनुसन्धान, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धिसम्बन्धी पाठ्यक्रम विकास, वित्तीय साक्षरता अभिवृद्धिलगायत धितोपत्र बोर्डका कर्मचारीको क्षमता वृद्धिका लागि विभिन्न किसिमका तालिम तथा व्यावसायिकता अभिवृद्धि गरिनेछ।

    सम्झौतापत्र अनुसार धितोपत्र बोर्डले तोकेका धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारसँग सम्बन्धित विषयवस्तुमा एकल वा बोर्डसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान गर्ने, वित्तीय साक्षरतासम्बन्धी पाठ्यक्रमको विकास तथा साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र गराउने, विभाग अन्तर्गत अध्ययनरत विद्यार्थीलाई पुँजीबजार सम्बन्धमा तालिम तथा प्रशिक्षण प्रदान गर्नेछ।

    images
    images

    यसैगरी विभागले धितोपत्र बोर्डका कर्मचारीको क्षमता तथा व्यावसायिकता अभिवृद्धि गर्न सहयोग पुग्ने तालिम तथा अन्तर्क्रिया कार्यक्रमको विकास तथा आयोजना गर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend