काठमाडौं -बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलीजुली सरकार गठनको आह्वान गरेका हुन् ।
यसअघि आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका थिए ।
बागमतीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेश गर्ने तयारी गरेका छन् ।





.gif)





