काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, Guru Travels Limited तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित Rem work बीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । Rem work का प्रतिनिधि हेड अफ डिपार्टमेन्ट श्री दिव्या खतिवडा तथा Guru Travels Limited का प्रमुख सञ्चालक अधिकृत श्री अनिल धरेलद्वारा हस्ताक्षरित उक्त सहमतिपत्र आज आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरियो ।
सहमतिपत्र अनुसार, Rem work का कर्मचारी तथा ग्राहकहरूले Guru Travels Limited मार्फत विभिन्न ट्राभल प्याकेजहरूमा विशेष छुट तथा अन्य आकर्षक सुविधाहरू प्राप्त गर्नेछन्। त्यस्तै, Guru Travels Limitedका कर्मचारी तथा ग्राहकहरूलेRem work मार्फत प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष अफर तथा सुविधाहरू प्राप्त गर्नेछन् ।
कार्यक्रममा Rem work का हेड अफ डिपार्टमेन्ट प्रतिनिधि श्री दिव्य खड्काले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै गुरू ट्राभल्स लिमिटेडसँगको सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।




.gif)





