बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका छन्।
आफू पक्षमा बिश्वासको मत नपुग्ने देखिएपछि संसदमा सम्बोधन गरेर मुख्यमन्त्री जम्मकट्टेलले राजीनामा दिने बताएका हुन्।उनले रोष्टमबाटै राजीनामा पत्र पढेर सुनाउँदै राजीनामा दिएको घोषणा गरे।
२०७९ पुस २५ गते नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री जम्कट्टेलले यसअघि तीनपटक बागमती प्रदेश सभाबाट विश्वासको मत लिएर सत्ता जोगाएका थिए।
जम्कट्टेलले २०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिदा नेमकिपा बाहेक ६ दलको समर्थन पाएका थिए। दोश्रो पटक २०७९ चैत्र १० मा दोश्रो पटक विश्वासको मत लिने क्रममा मुख्यमन्त्री जम्कट्टेलले ६७ मतमात्र प्राप्त गरे भने तेस्रो पटक २०८० चैत्र १९ मा विश्वासको मत लिएका उनले मुस्किलले ५६ मत बटुलेर सत्ता जोगाएका थिए।
चौथो पटक विश्वासको मत लिने परिस्थिती आइपर्दा उनले सत्ता गुमाएका छन्। कुल ११० सांसद रहेको बागमती प्रदेशसभाबाट सत्ता जोगाउन आवश्यक ५६ मत आवश्यक हुन्थ्यो।




.gif)





