images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • काभ्रेको पाँच तहमा ‘एक वडा–एक कृषि...

काभ्रेको पाँच तहमा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम

काभ्रेको पाँच तहमा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काभ्रेपलाञ्चोक। यहाँको पाँच स्थानीय पालिकामा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन गरिएका छन् ।बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालयद्वारा सञ्चालित कार्यक्रम अनुसार चालु आर्थिक बर्षबाट पाँच बर्षका लागि काभ्रेपलाञ्चोकको पाँच तहको पाँच वडामा उक्त कार्यक्रम कार्यान्वयन गरिएको हो ।

    images
    images

    जिल्ला कृषि विकास कार्यालय धुलिखेलका अनुसार पनौती नगरपालिका–५, बेथानचोक गाउँपालिकाको २, महाभारतको ५, खानीखोलाको २ तथा भुम्लु गाउँपालिकाको एक नं वडामा उक्त कार्यक्रम कार्यान्वयन गरिएको हो ।कार्यक्रम अनुसार पाँच वटा वडामा छ सय रोपनी जमिनमा तरकारी, कफी तथा किवी उत्पादनको काम गरिनेछ । कृषि विकास कार्यालय, स्थानीय तह तथा लाभग्राही समुदाय एवं सहकारीबीच त्रीपक्षीय सम्झौता गरेर कार्यक्रमको थालनी सुरु गरिएको हो । पनौती र बेथानचोकमा तरकारी, महाभारत र खानीखोलामा कफी तथा भुम्लुमा किवी उत्पादनका लागि छनौट भएको छ ।

    कार्यक्रम सञ्चालननार्थ स्थानीय सहकारी संस्था एवं समुदायको समूहसँग सम्झौता गरिने जनाइएको छ । स्वीकृत कार्यक्रमअनुसार महाभारतमा कफी खेतीका लागि सम्झौता भैसकेको तथा खानीखोलामा सोही प्रकृतिको सम्झौताको प्रक्रियामा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए ।“समुदाय तथा सहकारी छनोट गरी सम्झौताकार्य भइरहेको छ, मौसमी तथा बेमौसमी तरकारी छनोट गरी लगत्तै उत्पादनकार्य थाल्नेछौँ”, उनले भने । उनका अनुसार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहका जनप्रतिनिधि तथा समुदायबीच छलफल सम्पन्न गरिएका छन् ।

    images
    images

    बागमती प्रदेश सरकारले चालु आवमा कृषि उत्पादनलाई प्राथमिकता दिँदै ‘एक वडा–एक कृषि कार्यक्रम’अन्तर्गत पाँच बर्षका लागि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको हो । साझेदारीमा सञ्चालन गरिने उक्त कार्यक्रम अन्तर्गत सरकारले ६० प्रतिशत, स्थानीय तहले २० प्रतिशत तथा समुदाय वा सहकारीले २० प्रतिशत लागनी हुनेछ । यसअन्तर्गत एउटा वडाका लागि रु ६६ लाख उत्पादनकार्यमा लगानी गरिने भएको हो । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend