images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • बैतडीका सरकारी कार्यालयबाट गत आर्थिक वर्षको...

बैतडीका सरकारी कार्यालयबाट गत आर्थिक वर्षको ८७ करोड बजेट फिर्ता

बैतडीका सरकारी कार्यालयबाट गत आर्थिक वर्षको ८७ करोड बजेट फिर्ता

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • बैतडी -गत आर्थिक वर्ष २०८०/८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ ।

    images
    images

    सङ्घ र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट ८७ करोड ११ लाख पाँच हजार चार सय ४८ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए।

    सङ्घीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार सात सय ८८ बजेट आएको थियो । उक्त बजेटमध्ये पाँच अर्ब ६३ करोड ८९ लाख ४९ हजार तीन सय २४ खर्च भएको छ ।

    images
    images

    यस्तै, प्रदेशका कार्यालयहरुमा चालुतर्फ ७२ करोड ८८ लाख ४१ हजार सात सय ४३ बजेट प्राप्त भएकामा ६१ करोड २२ हजार छ सय ६१ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ एक अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकामा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार पाँच ८३ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    पुँजीगततर्फ ७१ करोड ३९ लाख ६२ हजार छ सय पाँच बजेट आएको र सोमध्ये ६० करोड ७२ लाख दुई हजार एक सय १६ खर्च भएको सङ्घीय कार्यालयहरुमा कूल बजेट छ अर्ब ६७ करोड ७० लाख ४० हजार तीन सय ९३ प्राप्त भएकामा छ अर्ब २४ करोड ६१ लाख ५१ हजार चार सय ४१ खर्च भएको छ । यसरी गत आर्थिक वर्षमा सङ्घीय कार्यालयहरुबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार नौ सय ५१ फिर्ता भएको लेखापाल भट्टले बताए ।

    प्रदेशका कार्यालयहरुमा गत आर्थिक वर्षमा दुई अर्ब ५५ करोड नौ लाख ८६ हजार सात सय ४३ बजेट आएकामा दुई अर्ब एक करोड ४४ लाख ७० हजार दुई सय ४५ खर्च भएको छ । प्रदेशका कार्यालयबाट ४४ करोड ६५ लाख १६ हजार चार सय ९७ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend