images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपालले ३ महिनाभित्र निर्यात मार्गचित्र ल्याउँछ...

नेपालले ३ महिनाभित्र निर्यात मार्गचित्र ल्याउँछ : प्रधानमन्त्री ओली

नेपालले ३ महिनाभित्र निर्यात मार्गचित्र ल्याउँछ : प्रधानमन्त्री ओली

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि तीन महिनाभित्रै नयाँ कदम चाल्ने बताएका छन् ।

    images
    images

    प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको प्रस्ताव गर्दै ओलीले खरिदमात्रै गर्ने विषय व्यापार नभएको बताए । अब नेपालले व्यापार शुरू गर्ने उनको भनाइ थियो ।

    ‘आर्थिक वर्षको ११ महिनामा १४५४ अर्ब रुपैयाँको आयात हुँदा, १४० अर्बको मात्र निर्यात गरेछौं । यो तथ्यांक फरक ढंगले बुझ्नुपर्छ । अरु बेचिरहेका छन् । हामी किनि मात्र रहेका छौं,’ ओलीले भने, ‘बिक्री नगर्ने खरिदमात्रै गरिरहने व्यापार हुन्छ र ? अब हामीले व्यापार गर्न शुरु गर्नुपर्छ । आयात प्रतिस्थापन गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्नु यस सरकारको दोस्रो प्राथमिकता हो ।’

    images
    images

    यसको लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले मार्गचित्र तयार गर्ने घोषणा पनि उनले गरे । 

    ‘यसको लागि अर्थ लगायतका मन्त्रालयसँग समन्वय गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्नेछ,’ उनले भने, ‘व्यवसायमैत्री वातावरण बनाउँछौं ।  अब आयातमात्रै होइन निर्यातको वातावरण बनाउँछौं ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend