images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • क्रेस्ट माइक्रो लाइफको आइपीओ भर्ने आज...

क्रेस्ट माइक्रो लाइफको आइपीओ भर्ने आज अन्तिम दिन

क्रेस्ट माइक्रो लाइफको आइपीओ भर्ने आज अन्तिम दिन

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आइपीओमा आवेदन दिन आज माघ २९ गते अन्तिम दिन रहेको छ।

    images
    images

    यो आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिन्छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको हो।

    यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।  कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

    images
    images

      यो आइपीओ हिजो माघ २८ गते साँझसम्म ६.२० गुणा बढीले ओभर सब्सक्राइब्ड भएको छ। अब यो आइपीओ पनि गोला प्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend