images

२०८३ आश्विन २४ गते

images
images
images

बागमतीमा काँग्रेसका बहादुर लामा मुख्यमन्त्री बन्दै

बागमतीमा काँग्रेसका बहादुर लामा मुख्यमन्त्री बन्दै

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिंह लामालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस बागमती प्रदेशको बैठकले सर्वसम्मत रुपमा संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेशमा सरकार बनाउने निर्णय गरेको हो ।

    images
    images

    केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो । 

    यसअघि असार २४ गते नेकपा एमालेले मख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकारलाई दिएको सर्मथन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि उनी अल्पमतमा छन् र आज विश्वासको मत लिदै छन् ।

    images
    images

    सरकार ढल्ने निश्चित रहेकाले कांग्रेसले मुख्यमन्त्रीमा लामालाई अगाडी सारेको हो । ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend