काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसरमा आजदेखि फागुन ३ गतेसम्म ९१० फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२५० भ्यालेन्टाइन स्पेसल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्ने भएको छ।
यस अवसरमा टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा रुचाइएका टियागो ईभी र पन्च ईभी, जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग साट्न सकिने कम्पनीले जनाएको छ। यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो।
‘एक्सचेन्ज विथ लभ’ योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स (जडानसहित) हरेक बुकिङमा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यस्तै, सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।




.gif)





