images

२०८३ आश्विन २४ गते

images
images
images

आर्थिक वर्ष दाङमा तीन अर्ब ८४ करोडभन्दा बढी राजस्व सङ्कलन

आर्थिक वर्ष दाङमा तीन अर्ब ८४ करोडभन्दा बढी राजस्व सङ्कलन

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • घोराही। दाङमा तीन अर्ब ८४ करोड राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा तीन अर्ब ८४ करोड ५२ लाख ४० हजार तीन सय ४० रुपियाँ ७४ पैसा राजस्व सङ्कलन भएको हो ।

    images
    images

    जिल्लामा सङ्घीय कार्यालयको तर्फबाट दुई अर्ब ८६ करोड ५७ लाख ३६ हजार ५४ रुपियाँ ८४ पैसा र प्रदेशअन्तर्गतका कार्यालयहरुबाट ९७ करोड ९५ लाख चार हजार दुई सय ७३ रुपियाँ ९० पैसा राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनकुमार जैसवालले जानकारी दिनुभएको छ ।

    आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा तीन अर्ब ६५ करोड ५२ लाख ५० हजार एक सय २५ रुपियाँ राजस्व सङ्कलन भएको थियो । जसमा सङ्घीय कार्यालयकोतर्फबाट दुई अर्ब ७६ करोड २२ लाख तीन हजार सात सय ५४ रुपियाँ र प्रदेशअन्तर्गतका कार्यालयहरुबाट ८९ लाख ३० हजार तीन सय ७१ रुपियाँ उठेको थियो ।

    images
    images

    २०८०/०८१ मा आर्थिक वर्ष २०७९/०८० भन्दा १८ करोड ९९ लाख ९० हजार दुई सय १५ रुपियाँ ७४ पैसा बढी राजस्व उठेको छ । जिल्लामा संघअन्तर्गतका कार्यालयबाट दुई अर्ब ८६ करोड ५७ लाख ३६ हजार ६६ रुपियाँ ८४ पैसा राजस्व सङ्कलन भएको छ । जसअन्तर्गत सबैभन्दा धेरै राजश्व आन्तरिक राजस्व कार्यालयको दुई अर्ब ३९ करोड ३८ लाख ८७ हजार आठ सय ९४ रुपियाँ ८५ पैसा उठेको छ ।

    त्यसगरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक करोड ६९ लाख २३ हजार सात सय पाँच रुपिया, शिक्षा विकास तथा समन्वय इकाईमा एक करोड ५६ लाख ५८ हजार छ सय ९० रुपियाँ, कोइलाबास भन्सारले एक करोड ४१ लाख ९९ हजार पाँच सय ५६ रुपियाँ, नापी कार्यालयबाट ७४ लाख पाँच हजार एक सय १२ रुपियाँ, जिल्ला हुलाक कार्यालयमा ४४ लाख ८७ हजार पाँच सय ९२ रुपियाँ ६५ पैसा, यान्त्रिक कार्यालयले ३३ लाख ८३ हजार एक सय रुपियाँ, सघन शहरी तथा भवन निर्माण आयोजनाको २४ लाख ९४ हजार पाँच सय ४० रुपियाँ, बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको २३ लाख २७ हजार पाँच सय ८७ रुपियाँ र भूमिसुधार र मालपोत कार्यालयहरुले संघमा पठाउने राजश्व तीन लाख १४ हजार सात सय ७९ रुपियाँ उठेको छ ।

    प्रदेशअन्तर्गतका कार्यालयले ९७ करोड ९५ लाख चार हजार दुई सय ७३ रुपियाँ राजस्व सङ्कलन गरेका छन् । जसमा सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालयबाट ६६ करोड ६९ लाख ६१ हजार चार सय ८१ रुपियाँ राजस्व उठेको छ, लमही र घोराहीको डिभिजन वन कार्यालयबाट दुई करोड ३९ लाख ९४ हजार ९८ रुपियाँ ७३ पैसा, पूर्वाधार विकास कार्यालयको राजस्व दुई करोड २९ लाख ९० हजार एक सय दुई रुपियाँ ३२ पैसा उठेको छ ।

    घरेलु तथा साना उद्योग कार्यालयको एक करोड ४२ लाख ४१ हजार आठ सय ४६ रुपियाँ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट ३८ लाख ३५ हजार चार सय २६ रुपियाँ, शहरी विकास तथा भवन कार्यालयबाट २५ लाख २९ हजार ३७ रुपियाँ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको चार लाख ३८ हजार दुई सय ३७ रुपियाँ राजस्व उठेको कोष तथा लेखा नियन्त्रक कार्यालय घोराहीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend