images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • ९० हजार मेट्रिक टन गहुँ आयात...

९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ कम्पनीको आवेदन

९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ कम्पनीको आवेदन

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौँ । ९० हजार मेट्रिक टन गहुँ आयातका लागि ५८ कम्पनीको आवेदन प्राप्त भएको छ । भारतले दिने कोटा बापतको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माघ १४ गते व्यापार कम्पनी/फर्महरूलाई आवेदन माग गरेको थियो ।

    images
    images

    सोहीअनुसार गहुँ  आयातका लागि ५८ कम्पनीले उक्त  गहुँ आयातका लागि आवेदन दिएका हुन् ।  विभागका अनुसार प्रत्येक कम्पनीले न्यूनतम १०० मेट्रिक टन देखि १० हजार मेट्रिक टन परिमाण गहुँ आयात गर्न पाउने विभागले जनाएको छ । साथै उक्त गहुँ आयातका लागि इच्छुक फर्म/कम्पनीको चुक्ता पुँजी कम्तीमा एक करोड हुनुपर्ने उल्लेख गरेको विभागले जनाएको छ । 

    आयात गर्न इच्छुक फर्म/कम्पनीले आयातका लागि नेशनल को–अपरेटिभ एक्सपोर्ट लिमिटेड (एनसीइएल)लाई शत प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय श्रोतको सुनिश्चितता भएको हुनुपर्ने र कोटा प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र आयात गरी सक्नुपर्ने विभागले जनाएको छ । 

    images
    images

    सरकारले २ लाख मेट्रिक टन गहुँ आयात गर्ने प्रक्रिया अघि बढाएको छ । जसमध्ये १ लाख मेट्रिक टन गहुँ उद्योग विभाग, ९० हजार वाणिज्य विभाग र १० हजार मेट्रिक टन साल्ट ट्रेडिङलाई आयात गर्ने जिम्मा दिइएको छ । वाणिज्य विभागमार्फत आयात हुने उक्त गहुँ व्यापारिक प्रयोजनका लागि भएको जनाइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend