images

२०८३ आश्विन २४ गते

images
images
images

बीपी कोइराला राष्ट्रका लागि जुनसुकै बलिदान दिन तयार एक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा

बीपी कोइराला राष्ट्रका लागि जुनसुकै बलिदान दिन तयार एक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन् । 

    images
    images

    आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले बीपीले नेपाली साहित्य, राजनीति र मनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएको बताए । 

    उनले भने, ‘उहाँको ४२औँ स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरुवात गर्न पाउँदा खुसी  लागेको  छ ।  बीपी कोइराला हरेक विषयका एक योद्धा नै हुनुहुन्थ्यो । बीपीका बारेमा मैले  भन्ने  गरेको छु–उहाँ हरेक चिज र सबै ठाउँमा छ ।  साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ ।’

    images
    images

    बीपी कोइराला आफ्नो सिद्धान्तका लागि नथाक्ने र राष्ट्रका लागि जुनसुकै बलिदान दिन तयार हुन व्यक्ति रहेको सभापति देउवाको भनाइ छ  ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend