images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • महाकुम्भ मेलाः हालसम्म ४२ करोडभन्दा बढीले...

महाकुम्भ मेलाः हालसम्म ४२ करोडभन्दा बढीले स्नान गरे

महाकुम्भ मेलाः हालसम्म ४२ करोडभन्दा बढीले स्नान गरे

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदैछन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।

    images
    images

    उत्तर प्रदेश सरकारले आइतवार महाकुम्भ सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ । महाकुम्भ सन् २०२५ मा हाल सम्म ४२ करोड भन्दा बढी भक्तजनले आस्थाको डुबल्की लिएका छन् ।

    महाकुम्भ सन् २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ । महाशिवरात्रि २६ फेब्रुअरी सम्म यो भव्य कार्यक्रम चल्नेछ ।

    images
    images

    यस कार्यक्रमले देश र विश्वभरबाट लाखौं भक्तजनहरूलाई आकर्षित गरिसकेको छ । एक दिन अघि राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले त्रिवेणी सङ्गममा पवित्र स्नान गरी भक्तहरूलाई प्रसाद दिए।

    “महाकुंभ सन् २०२५ को शुभ अवसरमा भक्तहरूलाई प्रसाद वितरण गरियो र उनीहरूको आशीर्वाद प्राप्त भयो,” राजस्थानका मुख्यमन्त्रीले ट्विटरको पोस्टमा उल्लेख गरे ।

    “त्रिवेणी सङ्गमको आशीर्वाद हामी सबैमा सदा रहोस् । सबैको जीवन सुख, समृद्धिले भरिपूर्ण होस् । यही मेरो कामना छ ।” सङ्गममा पवित्र स्नानको क्रममा मुख्यमन्त्री भजनलाल शर्मा मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादव सँगै थिए । त्रिवेणी सङ्गममा दुई मुख्यमन्त्रीले सँगै पवित्र स्नान गरेपछि एक अर्कालाई अभिवादन गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend