images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • शुक्रवारनै सार्वजनिक गर्ने भनिएको मौद्रिक...

शुक्रवारनै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति आज पनि नआउने

शुक्रवारनै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति आज पनि नआउने

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • काठमाडौँ। मौद्रिक नीति आज पनि नआउने भएको छ । गत शुक्रवारकै लागि सार्वजनिक गर्न ठिक्क पारेर राखिएको मौद्रिक नीति अझै केही दिन लम्बिने देखिएको हो । 

    images
    images

    शुक्रवार बेलुकी ४ बजेका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको थियो । त्यसका लागि बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाइएको थियो । तर, बिहीबार मात्रै नियुक्त भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाको हस्तक्षेपमा रोकिएको थियो । 

    उक्त मौद्रिक नीति आइतबार सार्वजनिक हुने अपेक्षा गरिए पनि आइतबार सञ्चालक समितिको बैठक नै बोलाइएन । केन्द्रीय बैङ्कको सञ्चालक समितिको बैठक सामान्यतया कार्यालय समय बाहिर बस्छ । अहिलेसम्म बैठक नबोलाइएको र बोलाइ पनि आज मौद्रिक नीति सार्वजनिक गर्न भ्याउने अवस्था नभएको राष्ट्र बैङ्कका एक सञ्चालकले बताए ।  

    images
    images

    त्यसो त, आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम रहेकोले राजनीतिक माहौलसँग जुधाएर मौद्रिक नीति सार्वजनिक हुनसक्ने सम्भावना थिएन । मौद्रिक नीतिको ड्राफ्टमा खतिवडाले गर्न चाहने परिवर्तनको आधारमा अबको समय निर्धारण हुने ती सञ्चालकको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend