images

२०८३ आश्विन २१ गते

images
images
images

नेपाल नेशनल अस्पतालमा डायलाइसिस सेवा सुरु

नेपाल नेशनल अस्पतालमा डायलाइसिस सेवा सुरु

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं ।  कलंकीस्थित नेपाल नेशनल अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार एक कार्यक्रमबिच अस्पतालमा डायलाइसिस सेवाको औपचारिक सुरुवात गरेका हुन्।

    images
    images

    डायलाइसिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदूषणलगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको बताए। उनले मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको पनि बताए।

    मिर्गौला रोगीको संख्या बढिरहेको अवस्थामा नेपाल नेशनल अस्पतालले डायलाइसिस सेवाको सुरुवात गरेर धेरैभन्दा धेरै बिरामीलाई सहज सेवा दिन खोजेको भन्दै खुसी व्यक्त गरे।

    images
    images

    उनले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताए। अस्पतालका निर्देशक डा प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए। उनले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एक जना मिर्गौलाको बिरामी रहेको तथ्याङ्कका विषयमा जानकारी दिए।

    ‘नेपालमा अहिले मिर्गौला रोगीको अवस्था अत्यन्त भयावह देखिएको छ। अहिलेको नेपालको स्थितिमा हेर्दा १६ जना वयस्क व्यक्तिमा एक जना मिर्गौला रोगी देखिने अवस्था आएको छ। १६ व्यक्तिमा एक जनालाई मिर्गौलाको समस्या देखिनु भनेको ठुलो हो,’ उनले भने, ‘कलङ्की क्षेत्रमा सुविधासम्पन्न डायलाइसिस सेवा होस् र मिर्गौला रोगीलाई सुविधा होस् भनेर यो सेवा सुरु गरेका छौँ। एक पटक मिर्गौला रोगी भएर डायलाइसिस सेवामा जानुपरेपछि बिरामीलाई अत्यन्त गाह्रो हुन्छ। औषधिको खर्च पनि अत्यन्त ज्यादा छ। परिवारमा एक जना मिर्गौलाको बिरामी भएको खण्डमा सम्पूर्ण परिवार नै पीडित हुने अवस्था रहन्छ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend