कहिलेकाहीँ एलर्जीले घाँटी दुख्छ। चिल्लो खानेकुराले असर गरेर दुख्छ । अत्याधिक चिच्याउँदा वा लामो समयसम्म बोलिरहँदा पनि दुख्छ । जुन केही समयपछि आफैँ ठिक हुन्छ । कहिलेकाहीँ टन्सिलाइटिस भएमा पनि घाँटीमा दुखाइ हुनसक्छ ।
जसलाई ठिक भइहाल्छ भनेर बेवास्ता गर्दा समस्या जटिल बन्न सक्छ । यस्तोमा सामान्य घाँटी दुखाइ र टन्सिलाइटिसबीचको फरक कसरी थाहा पाउने ? धेरैमा अन्यौलता हुनसक्छ ।
पहिला बुझौँ, टन्सिलाइटिस के हो ?
टन्सिल एउटा ग्रन्थी हो । जुन जिब्रोको पछाडिकाे घाँटीकाे दायाँ र बायाँतर्फ रहेको हुन्छ । यसको काम भनेको रोग प्रतिरोधात्मक क्षमतालाई विकास गर्नु हो। यसले हाम्रो नाक र मुखबाट आउने रोगका जिवाणु (भाइरस, ब्याक्टेरिया)लाई शरीरभित्र जानबाट बचाउने, रक्षा गर्ने वा मार्ने काम पनि गर्छ ।कुनै कारणवश सो ग्रन्थीमा संक्रमण (सुन्निएको) भएमा घाँटी दुख्ने गर्छ । जसलाई टन्सिलाइटिस भन्ने गरिन्छ ।
टन्सिलाइटिसको कारण
ब्याक्टेरियल संक्रमण, भाइरस संक्रमण, एलर्जीले टन्सिल ग्रन्थीलाई प्रभावित पार्ने, पिप बनाउने, सुन्नाउने, आकार बढाउने र घाँटी दुखाउने अर्थात् समग्रमा टन्सिलाइटिस गराउँछ ।कहिलेकाहीँ क्यान्सरका कारणले पनि टन्सिलाइटिस गराउँछ। टन्सिलाइटिस जुनसुकै मौसममा हुनसक्छ । तर, चिसो मौसममा रोगप्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा बढी सताउँछ ।
यस कारणले घाँटी अत्याधिक दुख्छ ।अधिकांश बिरामीहरु सामान्य घाँटी दुखाइलाई पनि टन्सिल (टन्सिलाइटिस) भयो भन्ने गरेको पाइन्छ । जथाभावी औषधि खाएर अवस्था झन जटिल बनाएर अस्पताल आउने पनि धेरै भेटिन्छन् ।तर, सबै घाँटी दुखाइ टन्सिलाइटिस भने हुँदैन । कहिलेकाहीँ सामान्य अवस्थामा पनि घाँटी दुख्छ ।
के फरक छ सामान्य घाँटी दुखाइ र टन्सिलाइटिसमा ?
चिसो खाएर एलर्जी भइ दुख्ने, रुघाखोकीको कारणले दुख्ने, ग्यास्ट्राईटिसले गर्दा कहिलेकाहीँ पेटबाट अम्लिय पानी घाँटीसम्म आएर दुख्ने, जाडोमा सुख्खा हावाले, बढी कराउँदा वा चिच्याउँदा घाँटी दुख्न सक्छ ।
जुन केही घण्टा वा केही दिनमा ठीक हुन्छ । घाँटी मात्र दुखाइ हो भने यसलाई सामान्य दुखाइ मान्न सकिन्छ । यसबाहेक कुनै लक्षण छैन भने यो कुनै रोगको कारक होइन भनेर बुझ्नुपर्छ ।




.gif)





