images

२०८३ आश्विन २१ गते

images
images
images

झाडी फाँडेर १४० रोपनीमा ओखरखेती

झाडी फाँडेर १४० रोपनीमा ओखरखेती

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौँ । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिनुभयो । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् ।

    images
    images

    ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको रु १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु १० लाख अनुदान गरी रु २४ लाख लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताउनुभयो । 

    “परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो, उहाँहरुले बैतडीबाट बिरुवा ल्याएर लगाउनु भएको छ, बिरुवा हुकिएका छन्”, उहाँले भन्नुभयो । रासस

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend